अन्तर्वार्ताफोटो फिचरबक्स अफिसबलिउड / हलिउडविचारसमाचार

दोहोरीगीत प्रतिष्ठानको नवौं राष्ट्रिय महाधिवेशन आगामी असोजमा हुने

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौं राष्ट्रिय महाधिवेशन आगामी असोजमा हुने भएको छ।

यसअघि फागुन पहिलो साता गर्ने भनिएको महाधिवेशन प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण स्थगित गरिएको थियो।

शुक्रबार बसेको प्रतिष्ठान केन्द्रिय पदाधिकारी बैठकले असोज १६, १७ र १८ गते महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष रीता थापा मगरले बताइन्।

‘यसअघि तय महोत्तरीको बर्दिबासमै महाधिवेशन हुनेछ,’ उनले भनिन्, ‘गर्मी सिजनमा भन्दा असोजमा जाने निर्णय गर्‍यौं।’

दोहोरीगीत प्रतिष्ठान लोक तथा दोहोरी कलाकारहरूको छाता संस्था हो। जिल्ला, प्रदेश, उपत्यका र विदेश कार्यसमिति गरेर प्रतिष्ठानको १ सय भन्दाबढी शाखा समिति छन्।

महाधिवेशन घोषणा भएसँगै अबको अध्यक्ष को भन्नेबारे लोकदोहोरी कलाकारहरूबीच चासो र चर्चा बढेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button