अन्तर्वार्ताफोटो फिचरबक्स अफिसबलिउड / हलिउडविचारसमाचार

‘लालीबजार’को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक

काठमाडौँ ।  षट्कोण आर्टसले निर्माण गरेको फिल्म ‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ सार्वजनिक गरिएको छ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको गीतमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापाका साथमा मुकुन्द श्रेष्ठ तथा डेब्यु कलाकार विशाल देवकोटा फिचर्ड छन्। प्रदीप लामाको कोरियोग्राफी रहेको गीतमा स्वस्तिमा र समाइराको नृत्य मुख्य आकर्षण बनेको छ।

गीतमा दीपिका बयाम्बु मगर र खेम सेञ्चुरी स्वर छ। संगीत खेम सेन्चुरीकै छ भने शब्द रमेश बिजीले लेखेका हुन्।

‘लालीबजार’ निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको हो। यसको पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन्।

फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारीलगायत कलाकारहरूको अभिनय छ। यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन्।

फिल्मको निर्माता रवीन्द्र सिंह बानियाँ र म्याक्स दिपेश खत्री हुन्। कार्यकारी निर्मातामा प्रदीप भट्टराई छन्।

फिल्ममा क्रिएटिभ निर्देशक जेबी रूवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरूङ, प्रोडक्सन हेड रूपकप्रताप अधिकारी, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक र मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट), कस्ट्युम डिजाइनर र स्टाइलिस जानकी कडायत, मेकअप काव्या थापा, संगीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको रहेको छ।

अभिनेत्री स्वस्तिमा खड्काको नियमित भन्दा फरक भूमिकाले ‘लालीबजार’ प्रति दर्शकको उत्सुकता बढिरहेको छ। यसको प्रदर्शन आगामी वर्ष विसं २०८३ वैशाख १८ गतेलाई तय छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button